New Pati under construction at Shorakhutte Chowk, replacing the old one demolished for road widening
सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित एक छहारी अर्थात एक बिसौनी अनि एक विश्रामस्थल, सायद काठमाडौं नजिकैको जिल्लाहरुबाट आएका बटुवाहरुका लागी बिश्रामस्थलको रुपमा निर्मित थलो ।
सोह्रखुट्टे क्षेत्रको नामाकरणसंग जोडिएको यस पाटीबारे हेर्दा कपरदार भोटु पाँडेद्धारा निर्मित यो पाटीले २०० बर्ष पुरानो इतिहास बोकेको छ । केरुङको युद्ध लड्न गएका भोटु पाँडे उतै बेहोस भएपछि बोकाईएर काठमाडौं ल्यार्ईएका थिए । हालको पाटी भएकै स्थानमा उनको होस खुल्न पुगेकोले उनले त्यहाँ सो पाटी निर्माण गराएको तथ्य ईतिहासमा देखिन्छ । सो समय पाटी निर्माणका साथै उनले वरिपरि क्षेत्रमा प्रशस्त जग्गा दानपनि गरेका थिए । बि.स. १८६४ मा पुर्ननिर्माण गरिएपछिको मल्लकालिन वास्तुशैलीको पछिल्लो स्वरुपको संरचना सडक बिस्तारका क्रममा भत्काउन परेपछि भत्काइएको पाटीलाई नजिकैको खाली स्थानमा स्थानान्तरण गरी पुरानै स्वरुपमा तयार गरिने क्रममा तस्विरमा देखिएको यो संरचना तयार भएको हो ।

Comments
Post a Comment